PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

उपचारका लागि भारत जानु अघि झलनाथ खनालले फेरि भने : बदलाको भावना त्यागरे पार्टी एक गरौं



उपचारका लागि भारत जानु अघि झलनाथ खनालले फेरि भने : बदलाको भावना त्यागरे पार्टी एक गरौं
File Photo

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बदलाको भावना त्याग्न आग्रह गरेका छन्। उपचारका क्रममा दिल्ली जानुअघि खनालले पार्टी एकताका लागि अहंकार त्याग्न अपील गरेका हुन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा एमाले एकताका लागि आग्रह गरिएको छ।

विथोलिएको राजनैतिक अवस्थाले आफूलाई चिन्तित बनाएको खानालले बताएका छन्। यस्तो अवस्थाबिच पनि डाक्टरको सल्लाहमा आफू भारतमा उपचार गर्न जान लागेको खनालले उल्लेख गरेका छन्।

'राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन्। त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ।

अनावश्यक 'ईगो'का कारण पार्टी जीवनमा गम्भीर संकट उत्पन्न भएको खनालको भनाइ छ। उनले एकताबद्ध हुन एमालेका नेतालाई आग्रह गरेका छन।

'रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु,' खनालको आग्रह छ।

एमाले महासचिव इश्वर पोखरेलले आजै नर्भिक अस्पताल पुगेर खनालसँग भेट गरेका थिए। त्यसक्रममा खनालले पोखरेललाई पार्टी बचाउन आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell