PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पानी चुहियो ? मर्मतपछि एकपटक फेरि हान्दिम्ला उद्‍घाटन!



रवीन्द्र मानन्धर

पानी चुहियो ? मर्मतपछि एकपटक फेरि हान्दिम्ला उद्‍घाटन!

गोदावरीमा उद्‍घाटन गरेपछि मात्र झरी पर्‍यो। अब यसमा उद्‍घाटनको के दोष। पानी चुहियो रे ! पानीको जातै हो चुहिने - के ठूलो कुरा भयो? मान्छेलाई काम छैन - प्रधानमन्त्रीले जे गरे पनि विरोधैमात्र गर्न जान्या छन्। अब पानीको जातै चुहिने हो भने गोदावरीको हलभित्र पानी पर्नु के ठूलो कुरा भयो र? चुहियो - अब टाल्ने। टाल्दा अलिअलि मिल्यो भने खल्तितिर पनि हाल्ने। जति धेरै निर्माण र मर्मत उति धेरै मुनाफा। त्यसैले नो टेन्सन। टालेपछि नि एकलट उद्‍घाटन हान्दिने हो। उद्‍घाटन चै चुनावको मुखतिर पार्न पाए उधुम हुन्थ्यो। कि कसो? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell