PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाइडेनले आफूलाई 'हत्यारा' भन्नुको कारणबाट पुटिन भए सन्तुष्ट



बाइडेनले आफूलाई 'हत्यारा' भन्नुको कारणबाट पुटिन भए सन्तुष्ट
REUTERS/Kevin Lamarque

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडन र रसियाली राष्ट्रपति भ्लादमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ। जेनेभामा दुवै राष्ट्रप्रमुखबिच करिब ३ घण्टा वार्ता भएको थियो।

बाइडेनले गत मार्चमा पुटिनलाई 'हत्यारा' को संज्ञा दिएका थिए।  एबीसी न्यूज ब्रोडकास्टलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनलाई 'के पुटिन हत्यारा जस्तै लाग्छन् ?' भनेर प्रश्न सोधिएको थियो। जवाफमा बाइडेनले आफूलाई पुटिन हत्यारा जस्तो लाग्ने बताएपछि रसियार अमेरिकाबीच बिग्रिएको सम्बन्धमा थप तिक्तता आएका थिए। बाइडेनको टिप्पणीको विरोध गर्नै रसियाले आफ्नो राजदूतलाई अमेरिकाबाट फिर्ता बोलाएको थियो। त्यसपछि अमेरिकाले पनि आफ्नो राजदूत फिर्ता बोलाएको थियो।

दुई नेताबिच भएको वार्तामा 'हत्यारा' प्रसंगले पनि प्रवेश पायो। भेटमा बाइडेनले आफूले पुटिनलाई 'हत्यारा' भन्नुको कारण खुलाएका थिए। गत मार्चमा पनि बाइडेनले पुटिनलाई फोन गरि 'हत्यारा' भन्नुको बारण खुलाएका थिए।

पत्रकार सम्मेलनमा पुटिनले बाइडेनको 'हत्यारा' शब्दको ब्याख्याबाट आफू सन्तुष्ट भएको बताएका छन्।

वार्ताका क्रममा दुवै नेताबिच एकअर्काको राष्ट्रमा राजदूत फिर्ता पठाउने बारेमा सहमति समेत भएको छ।

आफ्नो आलोचनमा उत्रेका पुटिनले बाइडेनलाई एभिएर चश्मा उपहार दिएका थिए।

दुवै नेताबीच कोभिड १९ महामारीसँथै आर्थिक, कुटनीति लगायत पक्षहरुमा छलफल भएको थयो। तर छलफलबाट कुनै ठोस प्रगति भने निसकिन नसकेको बताइएको छ। यद्यपि, दुवैबिच साइबर सुरक्षा र परमाणु हतियारको नियन्त्रणबारे छलफल गर्ने विषयमा छलफल गर्ने सहमति भने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell