PahiloPost

Feb 13, 2025 | १ फागुन २०८१

मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका अर्घाखाँचीका पुरुष मृत फेला



मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका अर्घाखाँचीका पुरुष मृत फेला

बुटवल: अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ती बिहीवार फेला परेका छन।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका हुन्।

मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

मलामी गएका अधिकारीलाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थियो। शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell