PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै



मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै

पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा  रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।

बुधबार प्रदेश सभा सचिवालयमा ४ असारमा विश्वासको मत लिने भनेर कांग्रेस संसदीय दलले पत्र दिएको थियो। सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री आफैंले टेबुल गर्नुपर्छ।

२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ।

६० सदस्यीय प्रदेश सभा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारबाही गरेपछि ५९ संख्यामा कायम छ। मुख्यमन्त्रीलाई विश्वासको मत लिन ३० मत  आवश्यक छ।

मुख्यमन्त्रीलाई कांग्रेसका १५, नेकपा (माओवादीका) ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्र सांसदको साथ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell