PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अब खेलाडीले पेय पदार्थको बोतल हटाउन नपाउने, युइएफएले दियो कारवाहीको चेतावनी



अब खेलाडीले पेय पदार्थको बोतल हटाउन नपाउने, युइएफएले दियो कारवाहीको चेतावनी

एकपछि अर्का खेलाडीहरुले पत्रकार सम्मेलनका बेला आफ्नो टेबलबाट कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले कारबाहीको चेतावनी दिएको छ।

गत सोमबार पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कोकाकोला र फ्रान्सका मिडफिल्डर पउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए। पुन: बुधबार इटालीका म्यानुअल लोकाटेलीले कोकाकोलाको बोतल पत्रकार सम्मेलनको सेटबाट हटाएका थिए।

खेलाडीहरुले कोकाकोला र बियरको बोतलप्रति असन्तुष्टि जनाउदै क्यामराको फ्रेमबाट हटाउने लहर नै चलेपछि स्टक मार्केटमा कम्पनीको सेयर मूल्य नै प्रभावित भएको छ। यसबाट गम्भीर ध्यानाकर्षण बिहीबार नियामकीय निकायले खेलाडीहरुलाई सचेत गराएको छ।

'विभिन्न कम्पनीहरुसँगको सहकार्य (विज्ञापन) ले नै युरो कपलगायतका प्रतियोगिताको विकाससँगै युरोपभर फुटबल विकासमा टेवा पुगेको विदितै छ। हामी सबै खेलाडीहरुलाई पुन: सचेत गराउँछौं,' प्रतियोगिता आयोजकले भनेको छ।  

पोग्बाले धार्मिक कारणले हटाएको युइएफएले बुझे पनि अन्यका हकमा अब अनुशासनको कारबाही चलाउन बाध्य हुने युइएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन कलेनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell