उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्षका लागि तयार रहनुपर्ने बताएका छन्।
जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि दुवै देशबिच संवाद हुन सकेको थिएन। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रो सम्बन्ध बनाएका किमले बाइडेन प्रशासनको संवादका लागि गरिएको आग्रह अस्वीकार गर्दै आएका थिए। यसबिच किमले वर्कर्स पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै वार्ता र संघर्षका लागि उत्तर कोरिया तयार रहनुपर्ने बताएका हुन्।
बाइडेन प्रशासन आएपछि किमले अमेरिकासँग सम्बन्धित यो पहिलो प्रतिक्रिया दिएको हो।
किमले वार्तासँग उत्तर कोरियाको स्वाधिनताको रक्षाका लागि विशेषगरी तकरारको परिस्थिति आए सामना गर्नुपर्ने बताएका हुन्। उनले कोरियाली प्रायद्वीपमा भइरहेको तीव्र गतिविधिमाथि पनि प्रतिकार गर्न निर्देशन दिएका छन्।
उत्तर कोरियालीले यसअघि नै बाइडेनले आफ्नो देश विरुद्ध 'शत्रुतापूर्ण नीति' लिएको आरोप लगाएको थियो।
कमिटीको बैठकमा उत्तर कोरियामा चरम खाद्य संकटको विषय समेत उठेको थियो। बैठमा किमले देशमा खाद्य संकट रहेको स्वीकार गरेकाो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।