PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इरानमा राष्ट्रपति चुन्न मतदान हुँदै, को होला रुहानीको उत्तराधिकारी ?



 इरानमा राष्ट्रपति चुन्न मतदान हुँदै, को होला रुहानीको उत्तराधिकारी ?
Photo : Official Khamenei Website

इरानमा राष्ट्रपति पदको लागि मतदान भइरहेको छ। यो निर्वाचनबाट तीनपटक इरानका राष्ट्रपति बनेका हसन रुहानीको उत्तराधिकारीको छनौट हुने बताइएको छ। निर्वाचनमा अधिकांश कट्टरपन्थी विचारधारा राख्ने उम्मेदवारहरु प्रतिस्पर्धा गरिरहेका छन्।

राष्ट्रपति पदका लागि न्यायपालिका प्रमुख समेत रहिसकेका इब्राहिम रायसी पनि चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दोलनसर हेमती पनि निर्वाचनमा खडा भएका छन्।

राष्ट्रपति निर्वाचनमा रुढिवादी विचारधाराका रायसीले जित्ने प्रक्षेपण गरिएको छ। हेमतीले रायसीलाई कडा टक्कर दिने अनुमान गरिएको छ। हेमती सुधारवादी छविका नेता हुन्।

निर्वाचनलाई केही सुधावादी पार्टीहरुले बहिस्कार गरेका छन्। आलोचकहरुले निर्वाचनको औचित्यमाथि नै प्रश्न उठाएका छन्। 

यता, इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खेमेनीले मतदान गरेका छन्। उनले सबै इरानीलाई मतदान गर्न आह्वान समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell