PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि आह्वान, राहत कोषमा राखियो ५० लाख



मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि आह्वान, राहत कोषमा राखियो ५० लाख

काठमाडौं : मेलम्ची नगरपालिकाले ५० लाख रुपैयाँ राखेर 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ। गत मंगलबार गएको बाढी पहिरोका कारण नगरपालिकाको वडा ६, १० र ११ मा ठूलो क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ। सयौं मानिस विस्थापित भएका छन्।

नगरपालिकाले बाढीबाट विस्थापित र संकटमा परेका परिवारहरुको पुन:स्थापना र संरचना पुन:निर्माणका लागि कोष स्थापना गर्दै सहयोग आह्वान गरेको हो।

मेलम्चीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा रकम जम्मा गर्न सकिने नगरपालिकले जनाएको छ।

मंगलबारको बाढीबाट प्रभावितका लागि काठमाडौं महानगरपालिकाले मेलम्ची नगरालिकालाई दुई करोड रुपैयाँ दिने घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell