PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

शाही सरकारमा रहेका तीनजना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन



शाही सरकारमा रहेका तीनजना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत : नेकपा एमालेले कर्णाली सरकारमा रहेका तीन सांसदलाई मन्त्री पदबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ। शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले मन्त्री अमर बहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो।

बैठकले दलिय व्यवस्थाको आचारण विरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रहेको भन्दै तत्काल राजीनामा दिएर नेकपा एमालेको संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिइएको हो।

यसअघि पार्टीको निर्देशन उल्लंघन गरी फ्लोर क्रस गरेको भन्दै एमालेले चार जनालाई सांसद पद र पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेको थियो। पछि सर्वोच्च अदालतले एमालेको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशसंगै फ्लोर क्रस गरेका सांसदको पद कायमै रहेको छ।

यद्यपी, उनीहरु अहिले दलको निर्देशनको विपक्षमामा रहँदै आएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मत लिने पक्षमा एमालेकै माधव नेपाल समूहका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढाले मतदान गरी पद जोगाई दिएका थिए। अहिले ज्वाला बाहेक तीनै जनालाई मुख्यमन्त्री शाहीले मन्त्री पदमा नियुक्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell