PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माओवादी केन्द्रले निर्वाचन आयोगलाई सोध्यो : पार्टीले कारवाही गरेको जनप्रतिनिधिको पद किन खाली भएन?



माओवादी केन्द्रले निर्वाचन आयोगलाई सोध्यो : पार्टीले कारवाही गरेको जनप्रतिनिधिको पद किन खाली भएन?
File Photo

काठमाडौं : नेकपा माओवादी केन्द्र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ। स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीले कारवाही गरे पनि निर्वाचन आयोगले उक्त पद रिक्त रहेको सूचना जारी नगरेको भन्दै माओवादी केन्द्रले ध्यानकर्षण गराएको हो।

पार्टीको सिद्धान्त विरुद्ध लागेको भन्दै स्थानीय तहका जनप्रतिनिधिलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। उक्त कारवाही बारे निर्वाचन आयोगलाई पार्टीले जानकारी गराएको भए पनि आयोग बेखवर बनेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिए।

'पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिले पार्टी नीति विपरित गतिविधि गरेको देखिएकोले कारवाही गरिएको थियो। पार्टीको सदस्य नभइसकेपछि त पार्टीका तर्फबाट निर्वाचित पद त खाली हुनु पर्छ नी। त्यो किन नभएको भन्दै आयोगलाई ध्यानकर्षण गराएका छौं,' उनले भने।

माओवादी केन्द्र र एमाले ब्युँतिएपछि माओवादी केन्द्रका कतिपय जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई सहयोग गरेको थियो। त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell