PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्‍यो पदाधिकारी बैठकको निर्णय, महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने



कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्‍यो पदाधिकारी बैठकको निर्णय, महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने
फाइल फोटो

काठमाडौँ: नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति अनुमोदन गरेको हो। पदाधिकारी बैठकको सिफारिस केन्द्रीय कमिटीले अनुमोदन गरेको हो। 

बैठकले गाउँ/नगर वडा अधिवेशन साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने निर्णय गरेको छ।

महाधिवेशनका लागि क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेसम्म तोकिएको छ। त्यस्तै, क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भइ केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गते तोकिएको छ।

बैठकले सभा शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने र प्रधानमन्त्रीको असंवैधानिक निर्णयका विरुद्धमा राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै, कांग्रेसले संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलहरुका बीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिवद्धता समेत बैठकमार्फत व्यक्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell