PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

शुक्रवारको बाढीले ढलायो हेलम्बुको इलाका प्रहरी कार्यालय



शुक्रवारको बाढीले ढलायो हेलम्बुको इलाका प्रहरी कार्यालय

काठमाडौं : शुक्रवार मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकाको वडा २ किउलमा रहेको प्रहरी कार्यालय ढलाएको छ। शुक्रवार साँझ पानी पर्न थाले पछि बाढी बढेको थियो। मंगलवार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रवारको बाढीले भने भत्काएको हो।

मंगलवार मेलम्ची खोलामा बाढी आएपछि चौकीका सामान सबै सारिएको थियो। हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। मंगलवारदेखि आएको बाढीका कारण  हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ। बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell