PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आजको बाढी बुलेटिन, यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



आजको बाढी बुलेटिन, यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुधवार देखिएको इन्द्रावती नदीको बाढी

काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा जारी छ। सोही क्रममा विभिन्न नदीको बहाव बढ्दो छ। जसका कारण आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति बढ्दो छ।

शनिवार पनि बाढीको बहाव बढ्ने जल तथा मौसम विभाव बाढी पूर्वानुमान शाखाले जनाएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा आकस्मिक बहाव आउने शाखाले जनाएको छ। उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत शाखाले अनुरोध गरेको छ।

'आज कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,' शाखाको बाढी बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell