PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'फ्लाइङ सिख' का रुपमा चर्चित भारतीय खेलाडी मिल्खा सिंहको कोरोनाका कारण निधन



'फ्लाइङ सिख' का रुपमा चर्चित भारतीय खेलाडी मिल्खा सिंहको कोरोनाका कारण निधन

भारतका नामी खेलाडी मिल्खा सिंहको कोरोना संक्रमणका कारण ९१ वर्षको उमेरमा निधन भएको छ। दौडमा तेज रहेकै कारण उनले धेरै पदकहरु जितेका थिए। त्यसैले उनलाई फ्लाइङ सिखका रुपमा चिनिन्थे।

पाकिस्तानमा आयोजना भएको एक दौड प्रतियोगितामा शानदार दौड प्रदर्शन गरेकाले उनलाई द फ्लाइङ सिखको नामबाट सम्बोधन गरेका थिए। पाकिस्तानका त्यतिबेलाका जनलर आयुब खानले उनलाई उक्त नामबाट सम्बोधन गरेका थिए।

शुक्रवार राति ११:३० बजे उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पाँच दिन पहिले उनको श्रीमती निर्मल कौरको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो। मिल्खाको चण्डीगढमा रहेको अस्पतालमा १५ दिन यता उपचार जारी थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell