PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा पारित, नेपालले गरेन मतदान



म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा पारित, नेपालले गरेन मतदान
File Photo : Reuters

संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारमा हतियार प्रतिबन्ध लगाउने र आपूर्ति नगर्न प्रस्ताव पारित गरेको छ।

११९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए। बेलारुसले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेको थियो। ३६ देश मतदानमा सहभागी भएनन्। मतदान बहिस्कार गर्नेमा नेपाल सहित भारत, चीन, रसिया लगायतका देश थिए।

माघ १९ गते सेनाले कू गर्नै सत्तामा नियन्त्रण जमाएको थियो। त्यसयता आङ सान सूची सहित सयौं नेता एवं सर्वसाधरण सेनाको नियन्त्रणम छन्। सैन्य सरकारको विरोधमा भइरहेको प्रदर्शनमा सयौंको मृत्यु भइसकेको छ। दैनिक रुपमा जुन्ता सरकारको विरोधमा प्रदर्शन अहिले पनि भइरहेको छ। सेनाले नागरिकमाथि दमन बढाउँदै लगेको भन्दै संयुक्त राष्ट्रसंघले म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव ल्याएको हो। यो प्रस्ताव पारित भएपनि बाध्यकारी भने हुँदैन। यद्यपि, यसले म्यानमारसँग हतियारको किनबेच गर्ने देशहरुमाथि नैतिक प्रश्न भने खडा गर्नेछ।

राष्ट्रसंघले सूची सहित अन्य व्यक्तिहरुलाई रिहा गर्न र दमन बन्द गर्न आह्रग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell