PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्लब हाउस र ट्वीटरको स्पेसलाई टक्कर दिन 'पडकास्ट' फिचर ल्याउँदै फेसबुक



क्लब हाउस र ट्वीटरको स्पेसलाई टक्कर दिन 'पडकास्ट' फिचर ल्याउँदै फेसबुक
Photo : The Verge

फेसबुकले आफ्नो संजालमा 'पोडकास्ट' फिचर थपेको छ। हाल ट्वीटरको 'स्पेस' र 'क्ल्ब हाउस' को प्रयोग ह्वात्तै वृद्धि भइरहेको अवस्थामा फेसबुकले पनि 'अडियो डेडिकेटेड' फिचर थप्न लागेको हो।

अडियो एप 'क्लब हाउस' र ट्वीटरको 'स्पेस' लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो। मंगलबारदेखि फेसबुकमा पडकास्ट फिचर थपिने जनाइएको छ।

प्रयोगकर्ताहरु टेक्स्ट मेसेज र भिडियो भन्दा अडियो फिचरमा बढी आकर्षित भएको देखेर फेसबुकले पडकास्ट आफ्नो संजालम थप्न लागेको हो।  

गत अप्रिलमा फेसबुकमा पडकास्टको परीक्षण गरिएको थियो। परीक्षणबाट नतिजा सकारात्मक देखिएपछि सबैका लागि यो सुविधा थप्न लागिएको हो।

पडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै अडियो सामग्रीहरु सुन्न सक्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell