विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले कोभिड १९ महामारीको समयमा 'रियल हिरो' का रुपमा खटिरहेका स्वास्थ्यकर्मीहरुले खोप नपाएकोमा चिन्ता व्यक्त गरेका छन्।
ट्वीटरमा मुस्ताङमा स्वास्थ्यकर्मीहरुले खोलाको बढ्दो बहावबिच लठ्ठीको सहयोगले खोपलाई खोलाबाट तारेको भिडियो सार्वजनिक भएको थियो। त्यही भिडियोलाई रिट्वीट गर्दै घेब्रेयससले स्वास्थ्यकर्मीको प्रशंसा गरेका हुन्। साथै उनले यसरी खटिरहेका 'हिरो'हरुलाई नै खोपबाट वञ्चित गराउनु कति न्यायोचित होला भनेर प्रश्न समेत गरेका छन्।
ट्वीटमा उनले खोपको समान वितरणको पक्षमा आफ्नो मत राखेका छन्। आफ्नो शक्ति कर्तव्यले भ्याएसम्म खोपको समान वितरण गर्नुपर्नेमा जोड दिँदै उनले 'अहिले नगरे कहिले गर्ने भन्दै' खोप व्यवस्थापनमा ध्यान दिन आह्वान गरेका छन्।
यसअघि तिमाङ झरना पार गर्दै अक्सिजन र स्वास्थ्य सामाग्री बोकेर अस्पताल पुर्याइँदै गरेको भिडियोले समेत विश्वको ध्यान खिचेको थियो।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
