PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

बाढी र पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, कुनै स्थान डुबानमा

बाढी र पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, कुनै स्थान डुबानमा


मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो जान थालेको छ। बाढी र पहिरोले धनजनको क्षति गराएको छ भने सडक पनि अवरुद्ध भएको छ। कुनै स्थान डुबानमा परेका छन् भने कुनै स्थान कटान गरिएको छ।

दृश्यमा देशका विभिन्न स्थानमा भएका सडकहरु। अवरुद्ध भएका सडकलाई खुलाउने प्रयास पनि जारी राखिएको छ।

मेलम्ची हेलम्बु जोड्ने बाटो। मेलम्ची बाढीका कारण यो बाटो अवरुद्ध छ।
बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको सुल्लेखानमा अवरुद्ध भएको सडक।
महाकाली नदीको बाढीले कटान गरिरहेको छ लेनको सडकमा रहेको निर्माण सामग्री स्काभेटरको सहायताले हटाइँदै।
महाकाली नदीको बाढीबाट डुवानमा परेका भीमदत्त नगरपालिका–१२ ऐरीका स्थानीय बासिन्दाका घर।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा अविरल वर्षाका कारण शनिबार कर्णाली राजमार्गअन्तर्गत जुम्ला सडक खण्डको चौखेढुंगामा गएको पहिरोको अनुगमन गर्दै।


ट्रेन्डिङ पोस्ट

Ncell