PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

देशको चौतर्फी संकटको मुल कारण राजनीति र नेतृत्वको स्खलन : बाबुराम भट्टराई



देशको चौतर्फी संकटको मुल कारण राजनीति र नेतृत्वको स्खलन : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशको चौतर्फी संकटको मुल कारण राजनीति, दल र नेतृत्वको स्खलन भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुरामले ट्विट्मार्फत यस्तो बताएका हुन्।

उनले राजनीतिक नेतृत्वको स्खलनका कारण कांग्रेस, कम्युनिस्ट र समाजवादीले आफ्नो धार बिर्सेको दाबी गरे। यी सबैको आमुल परिवर्तनका लागि पार्टीहरुलाई नयाँ बनाउने आँट गर्नुपर्ने सुझावसमेत पेश गरेका छन्।  

'भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,' बाबुरामले भनेका छन्, 'कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell