इरानमा इब्राहिम रायसी राष्ट्रपति पदमा निर्वाचित भएका छन्। पूर्व न्यायापालिका प्रमुख समेत रहेका रायसीलाई कट्टरपन्थी र रुढीवादी विचारधारा राख्ने नेताका रुपमा चिनिन्छन्। उनीमाथि अमेरिकाले मानवअधिकार उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खेमेनीले सन् २०१९ मा न्यायापालिका प्रमुखमा नियुक्त गरेका थिए। त्यसको केही महिनामा नै अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो। मानवअधिकारवादी संस्थाहरे रायसीले सन् १९८८ मा भएको नरसंहारमा भूमिका खेलेको र सन् २००९ मा भएको विद्रोहमा प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाएका छन्। तर, रायसीले आफूमाथि लगाइएको आरोप बारे हालसम्म केही बताएका छन्।
२ करोड ८० लाख भन्दा बढी मत गणना हुँदा रायसीले १ करोड ७० लाख मत प्राप्त गरेको बताइएको छ। शुक्रवार भएको मतदानमा मात्र ४८.८ प्रतिशत मत खसेको थियो। हालसम्मकै कम मतदाता सहभागी भएको निर्वाचनमा ३० लाख ७० हजार मत बदर भएको थियो।
मत परिणाम घोषणासँगै रायसी तीनपटक इरानका राष्ट्रपति बनेका हसन रुहानीको उत्तराधिकारीका बनेका छन्।
राष्ट्रपति पदका लागि न्यायपालिका प्रमुख समेत रहिसकेका इब्राहिम रायसी पनि चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दोलनसर हेमती पनि निर्वाचनमा खडा भएका छन्।
इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खेमेनीको समर्थन भएकोले नै रायसी राष्ट्रपति पदमा निर्वाचित भएको बताइएको छ।
निर्वाचनलाई केही सुधावादी पार्टीहरुले बहिस्कार गरेका थिए भने आलोचकहरुले निर्वाचनको औचित्यमाथि नै प्रश्न उठाएका थिए।
राष्ट्रपति निर्वाचनमा रुढिवादी विचारधाराका रायसीले जित्ने प्रक्षेपण गरिएको छ। हेमतीले रायसीलाई कडा टक्कर दिने अनुमान गरिएको छ। हेमती सुधारवादी छविका नेता हुन्।