PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सीमा खुला नगर्ने



अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सीमा खुला नगर्ने
Photo : AFP

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने बताएको छ। अस्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुल्ला नगर्ने संकेत दिएका हुन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले आफ्नो सबै सीमा बन्द गरेको छ। सिमाना खुल्ला गर्ने वा नगर्ने भन्ने विषयमा विज्ञहरुसँग परामर्श भइरहेको उनले बताएका छन्। विज्ञहरुले पनि सीमा नाका अहिलै नखोल्न सुझाव दिएका छन्।

हाल अस्ट्रेलियाले प्रोटोकल पूरा गरेर विशेष अवस्थामा मात्रै हवाई यात्रुहरुलाई आउन दिएको छ। केही राज्यमा अझै संक्रमणको अवस्था रहेकोले प्रतिबन्धहरु सजिलै हटाउने पक्षमा अस्ट्रेलियन सरकार नरहेको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell