PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तिब्बतको रोङ्सी खोलाबाट निकास भयो ताल बनेको पानी, तत्काललाई टर्‍यो तामाकोशीको तटीय क्षेत्रको जोखिम



तिब्बतको रोङ्सी खोलाबाट निकास भयो ताल बनेको पानी, तत्काललाई टर्‍यो तामाकोशीको तटीय क्षेत्रको जोखिम

काठमाडौं : तिब्बतको रोङ्सी खोलामा बनेको तालबाट पानी निकास भएको छ। शुक्रवार रातिबाट थुनिएको खोला चिनियाँ प्राविधिक टोलीको करिब दुई दिनको प्रयासपछि खुलेको हो।

खोलाबाट अब सुरक्षित रुपमा पानी निकास भएको जानकारी आफूलाई प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।

‘सुरक्षित रुपमा नै ताल बनेको खोलाबाट पानीले निकास पाएको जानकारी हामीलाई प्राप्त भएको छ। तत्काललाई तटीय क्षेत्रको जोखिम न्यूनीकरण भएको छ,’ उनले भने।

तर, बहाव घटबड हुन सक्ने भएकाले सतर्कता अपनाउन अपिल जारी राखेको प्रजिअ घिमिरेको भनाइ छ।

दुई दिनअघि नेपाल-तिब्बत सिमानामा भिषण वर्षाका कारण गएको पहिरोले नदी थुनिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell