PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

साँख खोलाको बाढीले भत्कायो निर्माणाधिन पुल, ५ करोडको क्षति भएको निर्माण कम्पनीको दावी



साँख खोलाको बाढीले भत्कायो निर्माणाधिन पुल, ५ करोडको क्षति भएको निर्माण कम्पनीको दावी

बुटवल : राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको बैरागीठाँटी खोलामा निर्माणाधिन पक्की प्रिस्ट्रेस पुल भत्किएको छ। मुसिकोट नगरपालिका वडा नम्बर ४ र १२ को सिमानामा निर्माणाधिन ३५ मिटर लामो पुल सोमवार बिहान साँख खोलाको बाढीले भत्किएको हो।

केही दिनभित्र सक्ने गरी निर्माणाधिन पुल बाढीले भत्काउँदा झण्डै ५ करोड बराबरको क्षति भएको निर्माण कम्पनीले बताएको छ। कम्पनीका कन्ट्याक्ट म्यानेजर हिरा लामाका अनुसार पुलको आधा भाग आरसीसी गरिएको र बाँकी ढलान पनि सकिनै लाग्दा खोलाको बाढीले भत्किएको छ।

लामो समयको कोरोना र लकडाउनको कारण देखाउँदै बन्द रहेको पुलको झण्डै ९० प्रतिशत काम पूरा भइसकेका थियो। तर, केही दिनअघिबाट मात्रै निर्माण कार्य शुरु गरेको पुलको काम नसकिदै बाढीले भत्काउँदा पुनः पुरानै अवस्थाबाट पुल निर्माण गर्नुपर्ने भएको छ।

१४ वर्षअघि बैरागी ठाँटीमा निर्माण गरिएको बेलिब्रिज जीर्ण बनेपछि उक्त खोलामा प्रिस्ट्रेस ब्रिज निर्माण गर्न लागिएको हो। सल्यानको पटारेखोला पुल र बैरागीठाँटीमा भत्किएको पुलको लागत १० करोड रहेकोमा पटारेखोला पुल भने गतवर्ष नै सञ्चालनमा आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell