PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

१६ जना डीआइजी र १५ जना एसएसपीको सरुवा : सीआइबीमा सिंह, गण्डकीमा लोहनी



१६ जना डीआइजी र १५ जना एसएसपीको सरुवा : सीआइबीमा सिंह, गण्डकीमा लोहनी

काठमाडौं : गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। मन्त्रालयले सोमवार सो सरुवाको निर्णय गरेको हो।

मन्त्रालयको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका डीआइजी अरुण कुमार बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका छन्। बिसीको ठाउँमा बसन्त कुमार पन्त आएका छन्।

त्यस्तै, २ नम्बर प्रदेश प्रहरी कार्यालयका डीआइजी धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) पुगेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयका डीआइजी दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पुगेका छन्।

डीआइजी सरुवाको पूर्ण विवरण :

 

त्यसैगरी, एसएसपीतर्फ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी दीपक थापा २ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका छन्। वाग्मती प्रदेश प्रहरी कार्यालयकी एसएसपी मिरा चौधरी १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र पुगेकी छिन्।

एसएसपी सरुवाको पूर्ण विवरण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell