PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

नेदरल्याण्ड्स बन्यो समूह ‘सी’को विजेता, अस्ट्रिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश



नेदरल्याण्ड्स बन्यो समूह ‘सी’को विजेता, अस्ट्रिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘सी’को खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई हराएको छ। त्यस्तै, आजै सम्पन्न अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई हराएको छ।

नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा सम्पन्न खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियामाथि ३-० को जित निकाल्यो। खेलको २४ औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। नेदरल्याण्ड्सको लागि कप्तान जर्जिनियो विनाल्डमले २ महत्वपूर्ण गोल गरे। उनले दोस्रो हाफको ५१ र ५८ औँ मिनेटमा गोल गरेका हुन्।

त्यस्तै, आजै रोमानियाको बुकारेस्टस्थित नेशनल एरेना बुकारेस्टमा सम्पन्न अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई १-० गोलअन्तरले हरायो। खेलको २१ औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेको गोलनै अस्ट्रियाको जितको लागि निर्णायक बन्यो।

समूह चरणको खेल सकिँदा नेदरल्याण्ड्स तीन खेलमै जित निकाल्दै ९ अंक जोडेर समूह विजेता बनेको छ। नेदरल्याण्ड्स यसअघि नै दोस्रो चरणमा पुगिसकेको छ। त्यस्तै, दुई खेलमा जित निकालेको अस्ट्रिया ६ अंकसहित उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। ३ अंकसहित तेस्रो स्थानमा रहेको युक्रेनको अर्को चरणमा जाने अझै भिनो सम्भावना रहन्छ। यता, नर्थ म्यासेडोनिया भने तीनै खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell