PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वैशाख १६ बाट बन्द निजी सवारी साधन आजबाट गुड्दै : प्रणाली भने जोरबिजोर, अनुगमनमा कडाई



वैशाख १६ बाट बन्द निजी सवारी साधन आजबाट गुड्दै : प्रणाली भने जोरबिजोर, अनुगमनमा कडाई

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निजी सवारीसाधनमा जोरबिजोर प्रणाली शुरु भएको छ।

कोरोना संक्रमण बढेपछि नियन्त्रण तथा रोकथामको लागि भन्दै काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। त्यसलाई खुकुलो बनाउने सरकारको तयारीसँगै निजी सवारी साधनले आजदेखि गुड्न पाउने भएका छन्।

आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल निजी सवारी साधानलाई जोर बिजोर आधारमा चल्न दिने निर्णय गरेको हो।

आजबाट जोर गतेका दिन पछिल्लो नम्बर जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर भएका सवारी साधान चल्न पाउने छन्। अर्थात् तपाइको सवारीको अन्तिम नम्बर ०, २, ४, ६ र ८ भए २ गते, ४ गते, ६ गते क्रमश जोर गतेका दिन चल्न दिइने छ। त्यस्तै, बिजोर नम्बर प्लेट भएका सवारीहरु १, ३, ५, ७ र ९ नम्बरलाई बिजोर गते १ गते, ३ गते, ५ गते क्रमश चल्न दिइने छ।

'सबैभन्दा सजिलो महिनाको गतेको जोर बिजोर र सवारीको नम्बरको जोर बिजोरको आधारमा भएर नै जोर गते जोर र बिजोर गते बिजोर चल्ने छन्,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराईले भने।

त्यस्तै, ट्याक्सीमा समेत जोरबिजोर प्रणाली लागू भएको छ। ट्याक्सीले तीन जनाभन्दाबढी यात्रु बोक्न पाउने छैनन्। जीप, कार लगायतका सवारी साधनमा ४ जना भन्दा बढी राख्न पाइने छैन। घरभित्रका सदस्य भए निजी सवारीको क्षमता ४ भन्दाबढी भएको खण्डमा पाँच जना बोकेमा त्यसालई व्यवहारिक पक्ष हेरिने छ।

जोरबिजोर आधारमा सवारी संचालन हुँदा सडकमा खटिएका ट्राफिक प्रहरीलाई अनुगमन गर्न थप चुनौती थपिएको छ। सडकमा ब्यारिकेट राखेर चेक गर्दा जाम हुने समस्या भएकाले पनि चुनौती देखिएको छ। काठमाडौं उपत्यकाभित्र निजी र सार्वजनिक गरेर १० लाख भन्दाबढी सडकमा गुड्छन्। जसमा करिब ८० प्रतिशत निजी सवारी साधन रहेका छन्।

त्यसैले पनि जोरबिजोर प्रणाली लागू गर्दा ४ लाख सवारी गुड्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ।

'अनुगमनमा केही सकस हुन्छ। तर, नियम भन्दा बढी यात्रु बोक्ने ट्याक्सी र नियम नमान्ने सवारीलाई कारबाही गर्छौं,' एसएसपी भट्टराइले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell