PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

फिलिपिन्समा भिड्न यसरी तयारी थाल्दै महिला भलिबल टोली

फिलिपिन्समा भिड्न यसरी तयारी थाल्दै महिला भलिबल टोली


काठमाडौं : एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले अभ्यास सुरु गराएको छ। फिलिपिन्समा भदौ दोस्रो साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली भलिबल टोलीले तयारी अघि बढाएको हो। प्रतियोगिताको लागि नेपाली टोलीले त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा स्वास्थ्य सावधानी अपनाएर प्रतियोगिताको तयारी गरिरहेका छन्।

यसअघि चीनमा हुने भनिएको प्रतियोगिता फिलिपिन्समा सारिएको थियो। १७ टिमले प्रतियोगितामा सहभागिता जनाउने भनिएकोमा कोभिडका कारण सहभागिता जनाउने देशहरुको संख्या घटबढ भइरहेको बताइएको छ।

१३ औं दक्षिण एसियाली खेलकुदपछि नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन। सागमा रजत पदक जित्दै सनसनी मच्चाएको नेपाली भलिबल टोलीले त्यसअघि बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जितेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell