PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डब्लुएचओले भन्यो : गरिब देशहरुमा खोपको चरम अभाव, अफ्रिकामा कोरोनाको तेस्रो लहरले बढायो चिन्ता



डब्लुएचओले भन्यो : गरिब देशहरुमा खोपको चरम अभाव, अफ्रिकामा कोरोनाको तेस्रो लहरले बढायो चिन्ता
Photo : Getty Images

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब देशहरुमा कोभिड १९ विरुद्धको खोपको चरम अभाव भएको बताएको छ। विश्वव्यापी साझेदारी कार्यक्रम (कोभ्याक्स) अन्तर्गत कोभिड १९ खोप प्राप्त गरिरहेका अधिकांश देशहरुमा खोप कार्यक्रमलाई निरन्तरता दिने गरि पर्याप्त मात्रामा खोप नभएको डब्लुएचओले जनाएको हो।

संगठनका वरिष्ठ सल्लाहकार डा ब्रस एलवर्डले कोभ्याक्स मार्फत हालसम्म १३१ देशले ९ करोड खोप पाइसकेको बताए। तर भाइरसको संक्रमणबाट बचाउन त्यति संख्यामा मात्रै खोपको उपलब्धता पर्याप्त नभएको उनले बताए।

अफ्रिकामा कोरोनाको तेस्रो लहरको संक्रमण देखिएसँगै खोपको अभाव भएको विवरण सार्वजनिक भएको हो। अफ्रिका महादेशमा हालसम्म करिब ४ करोड मानिसले मात्रै खोप दिइएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरुले खोप जम्मा गरेर राखेकोले खोपको अभाव भएको बताएका छन्। उनले खोप भण्डार गर्ने कार्य अन्त्य हुनुपर्ने समेत बताएका छन्।

कोभ्याक्सबाट गरिब देशहरुलाई २०२१ भित्र दुई अर्ब खोप दिने लक्ष्य लिइएको थियो। तर खोप उत्पादनमा कमी र आपूर्तिमा समस्याले लक्ष्य सजिलै हासिल हुने सम्भावना देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell