PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफूले निर्वाह गरेको भूमिकाका बारेमा के भन्छन् बल्छी धुर्बे?



आफूले निर्वाह गरेको भूमिकाका बारेमा के भन्छन् बल्छी धुर्बे?

काठमाडौं : हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन् कलाकार मरिचमान श्रेष्ठले। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ हुन्छ। अनि माछा मार्नु उनको काम। टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। ‘बल्छी धुर्बे’ पात्र नै उनको चिनारी बन्न पुग्यो।

हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पनि उनले ‘बल्छी धुर्बे’ पात्रलाई निरन्तरता दिइरहेका छन्। साथै, अर्को टेलिश्रृंखला ‘जुठे’मा पनि उनको मुख्य भुमिका रहेको छ। जसमा उनको नाम ‘जुठे’ हुन्छ। एक दलित युवा जो आरनको काम गरेर जीवन धान्छन्।

कलाकार मरिचमान श्रेष्ठ प्राय: विपन्न समुदायकै भुमिकामा देखिन्छन्। विपन्न तथा पिछडिएका समुदायको प्रतिनिधित्व हुने भुमिका निभाउँदा निकै सन्तुष्ट मिल्ने बताउँछन् उनी।

समाजमा जातिय विभेद हुनुका साथै वर्गिय विभेद पनि हाबी रहेको मान्छन् उनी। साहु महाजनको भुमिका निभाउनुभन्दा पिछडिएको समुदायको प्रतिनिधित्व गर्दा मानिसहरुको मनमा बस्न सकिने उनको तर्क छ।

‘मलाई पिछडिएको तथा विपन्न समुदायको भुमिका निभाउन पाउँदा निकै खुसी मिल्छ। मैले रहरले नै यस्तो भुमिका रोज्छु नकि बाध्यताले। यस्तो पात्रले समाजको वास्तविक पिडा बोल्दछ। जसले सिधैँ मानिसहरुको मनलाई छुन्छ,’ उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell