PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोबाइल सेवा अवरुद्ध भएपछि टेलिकमले माग्यो माफी



मोबाइल सेवा अवरुद्ध भएपछि टेलिकमले माग्यो माफी

काठमाडौं : नेपाल टेलिकमको जीएसएम प्रिपेड र पोष्टपेड मोलाइलमा बुधबार बिहान समस्या आएको छ। समस्यासँगै टेलिकमको मोबाइल सेवा अबरुद्ध बनेको थियो।

बिहान ८ बजे हाराहारीबाट टेलिकमको मोबाइल सेवामा समस्या आएकोमा अहिले भने फोन लाग्न थालेको छ।

प्रयोगकर्ताहरुले टेलिकमभित्र वा अन्य नेटवर्कमा फोन गर्दा 'नेटवर्क नट एभाइलेबल' को सूचना आएको थियो।

टेलिकमको कोर प्रणालीमा समस्या आएकाले प्राविधिक टोलीले समाधान र समस्याहरुको पहिचान गर्ने काम गरिरहेको टेलिकमका उपप्रबन्धक रन्जित लोहियाले जानकारी दिए।

समस्या के भएको हो भन्ने बारे अहिले नै यकिन गर्न नसकिएको टेलिकमले जनाएको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस विषयमा ट्विटमार्फत क्षमा माग्दै समस्या समाधानको प्रयास भइरहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell