कहिले यता त कहिले उता। मन्त्री नहुँदाको पीडा बुझिदेवस् कसले? त्यसैले कहिले प्रतिगमन मुर्दावाद। कहिले त्यही प्रतिगमन जिन्दावाद! जे गर जसो गर, जतासुकै लैजाउ - कुर्सी चाहिँ चाहिएकै हो! के सम्म गरिएन यसका लागि? पार्टी भर्सेलामा जाँदा पनि साथ दिएकै हो। लामो समय मन्त्री नहुँदाको पीडा कम थियो? त्यही झोकमा हो - दिएको साथ। नागरिकता विधेयकलाई पनि रोक्यो, अहिले मन्त्री पद पनि खोस्यो। हेली चढेर मेलम्च के गएथेँ - कुर्सी यसरी उड्ला भन्ने कसरी थाहा पाउनु? यतिसम्म गरेर पाएको कुर्सी जानु सानो कुरो हो? त्यसै यो देशलाई सतीले सरापेको भनेका होइनन् क्या, बुझ्नुस्।