PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश हमाल



प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश हमाल

काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

बाढी र पहिरोले घरहरु पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरु घरविहीन भएका छन्। सयौं विस्थापित भएका छन्। यसैबिच अभिनेता राजेश हमालले बाढी पहिरो प्रभावितहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताएका छन्।

उनले फेसबुकमा एक भिडियो पोष्ट गर्दैँ दैविप्रकोप प्रभावितलाई दीर्घकालिन व्यवस्थापनका लागि पनि सहयोग गर्नुपर्ने आवश्यकता हुनसक्ने समेत उल्लेख गरेका हुन्।

'हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार र देश–विदेशमा भएका नेपालीहरुले हातेमालो गरेर जो व्यक्तिहरु पीडित हुनुहुन्छ। उहाँहरुको घाउमा मल्हम लगाउने वा उहाँहरुको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ। यसरी सबैले सहयोग गर्दा पीडामा परेकालाई माथि उकास्न सक्छौँ।’ उनले भिडियोमा भनेका छन्।

यस्ता घटना घट्नुमा कतै हाम्रो पनि भुमिका त छैन भनेर मनन गर्न आवश्यक रहेको बताउँछन् उनी। प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान नगर्ने उनको तर्क छ।

'कतै हामी वातावरण र प्रकृतिको खिलाप त गइरहेका छैनौँ। त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचनाहरु त बनाईरहेका छैनौं?त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ।, भन्छन् 'त्यो भन्दैमा दैविप्रकोप आउँदै नआउने भन्ने होइन्। 'तर, दैविप्रकोप आउँछ र यसले यस्तो क्षति गर्छ भन्नेमा होसियार हुनुपर्ने हुन्छ।’

वातावरण र प्रकृतिलाई नबिथोल्ने किसिमले जीवनशैली र संरचनाहरु बनाउन उनले सबैलाई आग्रह गरेका छन्। साथै बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट सबैले पाठ पनि सिक्नुपर्ने उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell