PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

अफ्रिकामा एक महिलाले १० जना बच्चा जन्माएको खबर झुटो



अफ्रिकामा एक महिलाले १० जना बच्चा जन्माएको खबर झुटो
Picture: Thobile Mathonsi/African News Agency

दक्षिण अफ्रिकामा एकजना महिलाले १० जना बच्चा जन्माएको भन्दै गरिएको दाबी गलत रहेको बीबीसीले उल्लेख गरेको छ। केहीदिन अघि गोसिएमे थमारा सिथोले १० जना बच्चा जन्माएको समाचारहरु प्रकाशित भएका थिए। तर अनुसन्धानका क्रममा उक्त दाबी गलत रहेको पुष्टि भएको हो।

खाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एकैजनाले १० जना बच्चा जन्माएको अभिलेख नभेटिएको हो। थमारा गर्भवती नै नरहेको स्वास्थ्य परीक्षणमा देखिएको छ।

तर, यो समाचार पहिलोपटक प्रकाशित गर्ने प्रिटोरिया न्‍यूजले भने आफ्नो खबर सत्य रहेको दाबी गरेको छ। उसले सरकारसँग यस विषयमा अनुसन्धान गर्न माग गरेको थियो। प्रिटोरिया न्यूजले प्रान्तको स्वास्थ्य अधिकारीहरुले आफ्नो लापरवाही ढाक्ने प्रयास गरेको दाबी गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell