PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विपक्षी गठबन्धन अब राजनीतिक संघर्षमा : गठबन्धन पदका लागि होइन, संविधान बचाउन हो



विपक्षी गठबन्धन अब राजनीतिक संघर्षमा : गठबन्धन पदका लागि होइन, संविधान बचाउन हो
तस्विर : प्रचण्डको सचिवालय

काठमाडौं : विपक्षी ५ दलको गठबन्धनले सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-डा.बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाले पत्रकारसँग आन्तरक्रिया गरेका छन।

बानेश्वर स्थिति संसद भवनमा भएको पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधानको रक्षाको लागि गठबन्धनले आन्दोलन गर्ने बताए।

उनले अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्नेमा आफू विश्वस्त रहेको बताए। 'सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्नेछ। कार्यकारीबाट संविधानमाथि प्रहार गरेको छ। लोकतन्त्र रहन्न भने शान्ति स्थिरता रहन्न। संसद विघटनको सरोकार लोकतान्त्रिक प्रणालीसँग छ,' उनले भने।

कानुनी रुपमा गठबन्धन आन्दोलनमा भए पनि अब राजनीतिक आन्दोलन पनि सँगै अगाडी बढाउने उनको भनाई छ।

'अबको संघर्ष राजनीतिक रुपमा हुन्छ। लोकतन्त्र रक्षाका लागि हामी मिलेर अगाडी बढने छौ। संघीय लोकतन्त्रिक गणतन्त्रको रक्षा होस,' उनले भने।

यस्तै, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अब संविधान रक्षाको लागि संघर्ष गर्नुपर्ने बताए। उनले पदका लागि गठबन्धनमा लागेको भनेर आफूमाथि निराधार आरोप लगाइएको बताएका छन्। उनले लोकतन्त्र र संविधानका लागि आफू आन्दोलनमा भएको बताए।

'देशको हितका लागि। समाजको प्रगतिका लागि लोकतन्त्रिक आन्दोलनमा गणतन्त्रको आन्दोलनमा । पदका लागि होइन। देशको स्वाभिमानका लागि हो। देशमा लोकतन्त्र आएको छ। राष्ट्र हितमा हामी सजग भएका छौ,' उनले भने।

उनले संविधानमाथि ओलीले प्रहार गरेको र ओलीले 'कोर्स करेसक्सन' गरे मात्रै ओलीसँग सहकार्य हुने बताए। उनले महामारीमा चुनावको झुटो आश्वासन देखाएको र चुनाव नगरेर संकट ल्याउन खोजेको आरोप लगाए।

'हामीले संविधानको रक्षाका लागि संघर्ष गर्ने हो। महामारी छ। संसद विघटन गरेर भएको स्रोत चुनावमा खर्च गर्ने र अर्कोतिर चुनाव पनि नहुने गरि अघि बढनुको कारण केहो? अंहकार हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell