PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्थानीय तहको संस्थागत विकासबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल



स्थानीय तहको संस्थागत विकासबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका छन्। पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहिवार सम्बोधन गर्दै उनले आधार स्तम्भ रहेको स्थानीय तह मार्फत लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका हुन्।

संघीयताको आधारस्तम्भ स्थानीय तह भएको भन्दै उनले त्यसलाई मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने बताए। उनले विकास निर्माणका कार्य र राजश्वको योगदानमा पनि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

यस्तै, उनले नागरिकको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने बताएका छन्। प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध  रहेको भन्दै उनले प्रदेशवासीलाई खोप पुर्‍याउन संघले दिएको अनुदान र खरिद बाहेक निजी क्षेत्रबाट खोप खरिद बारेमा अध्ययन गरिरहेको समेत बताए। 

संघ सरकारले चाँडो निजामती सेवा ऐन ल्याउनुपर्नेमा उनको जोड थियो। प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेकाले छिटो निजामती सेवा ऐन आउनुपर्ने उनले बताएका हुन्।

पर्यटकीय नगरी पोखराको गौरवमा अन्तर्राष्ट्रिय विमानस्थलले थप आकर्षण थपेको उनले बताए।

'सुन्दर र अनौठो माछापुच्छ्रे पोखराको गौरव हो।  ताल र गुफाले परिचित पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप आकर्षक बनाएको छ' उनले भने।

यस्तै, कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा राखेको पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell