PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गल्ती स्वीकारेर आए केपी ओलीलाई स्वागत गर्छौं : माधव नेपाल



गल्ती स्वीकारेर आए  केपी ओलीलाई स्वागत गर्छौं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरु स्वागत गर्न तयार भएको उनको भनाई छ।

सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी गठबन्धनले बानेश्वर स्थित संसद भवनमा गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन्।

‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ। गल्ती स्वीकारेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ,' उनले भने।

ओलीले संविधान मिच्ने काम गरेकाले विपक्षी गठबन्धनले संघर्ष गर्नुपरेको उनको भनाई छ।

उनले ओलीले गरेको कारवाहीको अर्थ नभएको समेत बताए। ओलीले नेपाल सहित उनका समूहका झलनाथ खनाल, भीम रावल लगायतका नेताहरुलाई पार्टीबाट निष्कासन गरेका छन्। एमाले मिलाउन दुवै समूहले आ-आफ्ना शर्त अघि सारेपछि हाल एमाले विभाजनको डिलमा छ।

एमालेको किचलो उत्कर्षमा पुगेका बेला नेपाल समूह सम्मिलित विपक्षी पाँच दलको गठबन्धनले आन्दोलनको तयारी गरेको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल-खनाल, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-डा.बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको गठबन्धन ओली सरकारलाई हटाउने रणनीतिमा छ।

ओलीले गरेको प्रतिधिनिसभा विघटन विरुद्ध अदालत गएको गठबन्धन अब भने सडक संघर्षको तयारीमा लागेका हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell