काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो।
माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो। माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो।
एमाले जाँदा पद गुमाउनेमा दुई जना मेयर छन् भने पाँच जना उपमेयर छन्।
यी हुन् पद गुमाउने १४ जनप्रतिनिधि