PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

क्यानडाले भन्यो : युक्रेनी विमानमाथि मिसाइल प्रहार हुनुमा इरान पूर्ण जिम्मेवार, १७६ जनाको भएको थियो मृत्यु



क्यानडाले भन्यो : युक्रेनी विमानमाथि मिसाइल प्रहार हुनुमा इरान पूर्ण जिम्मेवार, १७६ जनाको भएको थियो मृत्यु
Photo : France24

क्यानडा सरकारको एक रिपोर्टमा युक्रेनी विमानमाथि मिसाइल प्रहार हुनुमा इरान 'पूर्ण जिम्मेवार' रहेको उल्लेख गरिएको बीबीसीले जनाएको छ।

सन् २०२० जनवरी ८ मा तेहरानबाट उडेको युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्स विमान पीएस७५२ माथि दुईवटा मिसाइल प्रहार भएको थियो। विमानमा रहेका १७६ जनाको मृत्यु भएको थियो।

सुरुमा इरानले अनुसन्धानमा असहयोग गरेको थियो। पछि भने उसले विमानलाई अमेरिकी मिसाइल थानेर प्रहार गरिएको स्वीकार गरेको थियो। इरानी अधिकारीहरुले मानवीय त्रुटिका कारण भूलवश विमानमा मिसाइल  प्रहार भएको जनाएका थिए।

उक्त विमानमा रहेको करिब १३८ जना क्यानडाका थिए। त्यसैले क्यानडाले पनि विमानमाथि मिसाइल प्रहार भएको घटनाको अनुसन्धान गरेको थियो।

क्यानडाले उक्त मिसाइल प्रहारमा इरानी अधिकारी र सेना दोषी रहेको रिपोर्ट सार्वजनिक गरेको हो।

क्यानडाका विदेशमन्त्री मार्क गरनेउले इरान उक्त घटनाको दोषबाट उम्किन नसक्ने भन्दै सबै जिम्मेवारी इरानकै हुने बताएका छन्। उनले मिसाइल प्रहार गर्ने अपरेटरहरुले विवेक पुर्‍याएको भए घटनाको सम्भावना नै नहुने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell