PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कर्णालीमा एमालेले फेरि अवरोध गर्‍यो प्रदेशसभाको बैठक, १३ गतेसम्मका लागि बैठक स्थगित



कर्णालीमा एमालेले फेरि अवरोध गर्‍यो प्रदेशसभाको बैठक, १३ गतेसम्मका लागि बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण आगामी १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो। यसअघि गत ४ र ८ गते डाकिएको संसद बैठक बस्दै नबसी संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको थियो।

सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्न नपाउँदै प्रमुख सचेतक गुलावजंग शाहले सरकारमा रहेका आफ्ना सांसदलाई फिर्ता गरिनुपर्ने अडान दोहोर्‍याएका थिए। त्यसलगत्तै एमालेका सांसद उठेर संसद अवरोध गरेका हुन्।

सर्वोच्चले एमालेको सांसद बनाइसकेकाले दलको निर्णय विपरीत सरकारमा रहेको भन्दै सरकारबाट बाहिरिन दबाव दिएको छ।

असार १ गते बजेट प्रस्तुत भएयता एमालेले पटक पटक संसद अवरुद्ध गरेर आफ्ना सांसदलाई फिर्ता बोलाएको छ भने संसदीय दलको बैठकले निर्देशन समेत दिएको छ।

सरकारमा रहेको एमालेको नेपाल खेमा भने सरकार नछोड्ने प्रतिक्रिया दिएको छ। आफूलाई प्रतिपक्ष भनिरहेको एमालेको ओली खेमा भने सरकारबाट नबाहिरिएसम्म वा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नहटाएसम्म संसद चल्न नदिने दाउमा छ।

यसअघि फ्लोर क्रस गरेका एमाले नेपाल खेमाका अमर बहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढा सरकारमा छन्। बैठक करिव १० मिनेट चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell