PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वीरगंज बजारमा प्रशासनको अनुगमन, तीन फर्मलाई जरिवाना



वीरगंज बजारमा प्रशासनको अनुगमन, तीन फर्मलाई जरिवाना

वीरगंज : वीरगंज बजारमा स्थानीय प्रशासनले अनुगमन गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोत्ता ऐनविपरित काम गर्ने तीन वटा पसललाई कारवाही समेत गरिएको छ।

खरिद बिल नदेखाएकोले वीरगंज-१२ स्थित माँ दुर्गा एग्रो इन्टरप्राइजेज र श्री दुर्गा सिड सेन्टरलाई जनही ५/५ हजार तत्काल जरिवाना गरिएको छ। त्यस्तै, वीरगंज-१५ स्थित सरस्वती ट्रेडर्सलाई अनुगमनमा असहयोग गरेकोले २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी दिलिपखंग खत्वेले जानकारी दिए। जरिवाना गरिएको फर्मलाई ७ दिन भित्र बैंकमा जरिवानाको रकम दाखिला गर्न निर्देशन दिइएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित समितिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो। गत असार ६ गतेदेखि वीरगंजमा बिहान १० बजेदेखि ५ बजेसम्म बजारका पसलहरु खुल्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell