PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघको विरोध प्रदर्शन



पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघको विरोध प्रदर्शन

पोखरा : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। सोमवार पृथ्वीनारायण क्याम्पस अगाडि नेविसंघले जुलुस निकालेर प्रदर्शन गरेको हो।

सतिश बास्तोलाको नेतृत्वमा उक्त प्रदर्शनमा भएको थियो। महामारीको समयमा समेत सरकारले मूल्यवृद्धि गरेर जनताको मर्का नबुझेको प्रदर्शनकारीको भनाइ छ। प्रदर्शनकारीले सरकारविरुद्धमा नारा लगाएका थिए।

नेपाल आयल निगमले बुधवार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो। पेट्रोलको मूल्य १२७ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ भएको छ। निगमले आगामी दिनमा पनि अझै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनसक्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell