PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इन्द्रावती नदीको कटान जारी, मेलम्चीमा ढल्यो घर



इन्द्रावती नदीको कटान जारी, मेलम्चीमा ढल्यो घर

काठमाडौं : मेलम्ची बजार क्षेत्रमा इन्द्रावती नदीले कटान जारी राखेको छ। असार १ गते आएको बाढीका कारण क्षतिग्रस्त मेलम्ची नगरपालिकाको वडा ११ मा रहेको प्रहरी चौकी नजिकैको घर बाढीको कटानले ढलेको छ।

वर्षाले पानीको बहाव बढेपछि शनिवार बिहान गोपाल दुलालको उक्त घर नदीले तानेको हो।

मेलम्ची र इन्द्रावती नदीको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा क्षति गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell