काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले हदभन्दा बढी गरेका आरोप लगाएका छन्। संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा देउवाले सबैभन्दा दुःख राष्ट्रपतिलाई लाग्ने बताए।
राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने थियो भन्दै देउवाले ओलीको कार्यकर्ता जस्तो भएर नियुक्त नगरिएको आरोप समेत लगाए।
भारतको उदाहरण दिँदै उनले भने, ‘संसद् सनाखत गर्नुपर्थ्यो। परेड गराउन सक्नुहुन्थ्यो। आधार प्रस्तुत गरेपछि स्पष्ट संविधानमा छ प्रक्रिया तर संविधान मिच्ने मान्छेले के संविधान जोगाउछ?’
देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाउ भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्ने समेत बताए।
सभापति देउवाले केपी ओली अधिनायकवादी भएको समेत बताए। भने, ‘ओलीले आफ्नै पार्टीका साथीलाई त त्यसो गरे। अरुलाई छोड्लान्?’