PahiloPost

Jul 3, 2024 | २० असार २०८१

'चुम्बन काण्ड' बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा



'चुम्बन काण्ड' बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा
आफ्नी श्रीमती मार्थासँग हैनकेक। फोटो : द सन

कोरोना महामारीका बीच बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन्। आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन्।

कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग गरिएको थियो। लगत्तै हैनकेकले प्रधानमन्त्री बोरिस जोनसन्लाई राजीनामा बुझाएका हुन्।

४२ वर्षे हैनकक विवाहित हुन्। बेलायती पत्रिका द सनका अनुसार उनकी श्रीमती मार्थाबाट तीन बच्चाहरु छन्। यता हैनकेकसँग अफेयरमा रहेको बताइएकी जिना पनि विवाहित नै हुन्। यो घटना बाहिरिएसँगै जिनाले पनि आफ्नो पदबाट राजीनामा दिएकी छिन्। जिनालाई हैनकेकले नै आफ्नो कार्यालयमा नियुक्ती दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell