PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शन, जात व्यवस्थाका संरक्षकलाई ‘मौन प्रश्न’



जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शन,  जात व्यवस्थाका संरक्षकलाई ‘मौन प्रश्न’

पोखरा : छुवाछुत तथा रुपा सुनारमाथि भएको जातिय विभेदको घटनाविरुद्ध पोखरामा विरोध प्रदर्शन भएको छ। दलित महिला संघ कास्की र आवाज संस्थाको संयुक्त आयोजनामा आइतवार मानवाधिकार चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको हो।

हालै काठमाडौंमा रुपा सुनारमाथि भएको जातीय विभेद र मन्त्री कृष्ण गोपाल श्रेष्ठले आरोपितलाई बचाउ गरेको घटनाले दलित समुदायप्रति राज्यको धारणामा औंला उठेको प्रदर्शनकारीले जनाएका छन्। महिला दलित संघकी कास्की अध्यक्ष सुमित्रा गायक राज्यबाट अझैपनि विभेदपूर्ण व्यवहार भए आफ्नो हकअधिकारका लागि विरोध चर्काउने बताउँछिन्।

प्रदर्शनमा सहभागीले ‘जात व्यवस्थाको संरक्षकलाई मौन प्रश्न’, ‘ए! विभेदकारी राज्य तिमि चाहिँ नढल्ने अजम्बरी?’, ‘ब्रह्माण्डवाद र जातव्यवस्थाको विषयमा औपचारिक शिक्षा कहिले दिने?’, ‘मानवाधिकारकर्मीज्यू जातिय विभेदको सिकार हुनेहरू मानव हैनन्?’ लगायतका प्लेडकार्ड बोकेका थिए।

पूर्खादेखि चलिआएको जातिय विभेदका साथमा राज्य र शिक्षित व्यक्ति रहेको प्रदर्शनकारिले बताए। यस्ता घटनामा प्रहरी प्रशासन र सम्बन्धित सरोकारवाला व्यक्ति नै आरोपितको बचाउमा उभिने गरेको आवाज संस्थाका अध्यक्ष प्रकाश सुनार सुनाउछन्। उनले मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई बचाउन प्रहरी कार्यालय पुगेको घटनामा आपत्ति जनाए। रुपा सुनारले न्याय र दोषीले सजाय पाउनुपर्ने प्रदर्शनकारीको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell