PahiloPost

Jun 15, 2026 | १ असार २०८३

१० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा



१० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। हंगेरीको बुडापेस्टस्थित पुस्कस एरेनामा भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराएको हो।

चेक रिपब्लिकले शुरुदेखि नै दबाबका साथ खेल प्रस्तुत गरेका थियो। पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो। खेलको ५५ औँ मिनेटमा म्याथियस डि लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। त्यसपनि भने नेदरल्याण्ड्स झनै दबाबमा पर्‍यो।

खेलको ६८ औँ मिनेटमा टोमस होल्सको गोलमार्फत चेक रिपब्लिकले अग्रता बनायो। ८० औँ मिनेटमा प्याट्रिक सिकले अर्को गोल थप्दा चेक रिपब्लिकले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell