PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अमेरिकाको निशानामा इरान समर्थित लडाकू, इराक र सिरियामा 'एयर स्ट्राइक'



अमेरिकाको निशानामा इरान समर्थित लडाकू, इराक र सिरियामा 'एयर स्ट्राइक'
Photo : Getty Images

इराक र सिरियामा अमेरिकाले हवाई आक्रमण गरेको छ। त्यहाँ रहेका इरान समर्थित लडाकू समूहहरुलाई लक्षित गर्दै अमेरिकाले 'एयर स्ट्राइक' गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी सेनामाथि लडाकू समूहले ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी हमला गरेको पेन्टागनबाट जारी विज्ञप्तीमा भनिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरुको सुरक्षाका लागि कुनैपनि कदम चाल्न आफूहरु पछि नहट्ने बताएका छन्।  इरान समर्थित लडाकूहरुमाथि बाइडेनले दोस्रोपटक आक्रमण गर्न आदेश दिएका हुन्।

इराकमा इस्लामिक स्टेटविरुद्ध लड्न करिब २ हजार ५०० अमेरिकी सेना तैनाथ छन्। सेना बसेको ठाउँमा पछिल्लो पटक धेरै ड्रोन आक्रमण भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell