PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० किलोमिटरको यात्रा !



बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० किलोमिटरको यात्रा !
Photo : India Tv News

फ्यानहरुले कलाकारहरुलाई माया देखाउन अनेक हर्कत गर्छन्। हालै बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्न उनका एक फ्यानले ९०० किलोमिटरको यात्रा गरे। उनलाई भेट्नका लागि त्रिपाठी नाम गरेका फ्यान तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म पुगे।

करिब ९ सय किलोमिटरको दुरी पार गर्दैँ उनी अभिनेत्री रश्मीकाको घरसम्म पुगेका थिए। गुगलले उनलाई रश्मीकाको घर भेटाउन सजिलो गरेको थियो। तर, रश्मीकाको घर पुगेपनि उनीसँग भेट भने हुन सकेन्। हाल उनी मुम्बइमा अभिनेता अमिताभ बच्चनसँग फिल्म ‘गुडबाई’को छायांकनमा व्यस्त छिन्।

रश्मीकालाई घरमा नभेटाएपछि उनी त्यहाँ निकै समय बसेका थिए। त्यसपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाइदिएको थियो। पछि प्रहरीले नै उनलाई घर फिर्ता पठाएको थियो।

रश्मीकाले उक्त कुरा थाहा पाएपछि आफ्ना फ्यानहरुलाई यस्ता कार्य नगर्न आग्रह गरेकी छिन्।

‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ। कृपया यस्तो केही पनि काम नगर्नुहोला। तर, तपाइसँग भेट्न नपाउँदा मलाई निकै नै नरमाइलो लागेको छ। आशा छ एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ।’ उनले ट्विटरमा लेखेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell