PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

'हाम्रो टिम नेपाल' का सदस्य पक्राउ, पल शाहले भने : साथीहरुलाई तत्काल रिहा गरियोस्



'हाम्रो टिम नेपाल' का सदस्य पक्राउ, पल शाहले भने : साथीहरुलाई तत्काल रिहा गरियोस्

काठमाडौं : हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले प्रकाउ गरेपछि अभिनेता पल शाहले उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिमका १८ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो।

'हाम्रो टिम नेपाल' का सदस्य समेत रहेका पलले फेसबुकमार्फत पक्राउ परेका साथीहरुलाई चाँडो भन्दा चाडो रिहा गर्न माग गरेका हुन्। साथै 'हाम्रो टिम नेपाल' माथि सरकारले दमन गरेको समेत उनले बताएका छन्।

कलाकार पल ‘हाम्रो टिम’सँग मिलेर केही समयदेखि सहयोग वितरणमा सक्रिय छन्। पल र यो टिमका सदस्यहरुले अक्सिजन अभाव भएको समयमा देशका विभिन्न अस्पतालमा पुगेर अक्सिजन वितरण समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell